काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ ।
बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा भएको समूह छलफलको निष्कर्ष पेश गरिने भएको हो । ती दस्तावेजबारे प्रतिनिधिबीच १२ समूह बनाएर सामूहिक छलफल गरिएको थियो ।
सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित पारित गरिनेछ । त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ । विद्यतीय मेसिनमार्फत मतदान हुनेछ । महाधिवेशनले अध्यक्षसहित २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । आइतबारदेखि सुरु भएको महाधिवेशन बिहीबार समापन हुनेछ ।