काठमाडौं । मनाङको तिमान खोलामा आउको बाढीले एउटा काठेपुल बगाएको छ । मंगलबार परेको भारी वर्षाले राति करिब ८ बजे पुल बगाएको हो ।
पुल बगाउँदा लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय प्रमुख सुवासकुमार लामिछानेले जानकारी दिए ।
बेशिसहर र मनाङको चामे जोड्ने कुनै वैकल्पिक बाटो नहुँदा यात्रुहरु अmपत्र परेका छन् । पुल भत्किँदा लमजुङसँग मात्र नभई माथिल्लो मनाङको ३ वटा स्थानीय तहसँग सडक सम्पर्क पनि टुटेको छ ।