Logo
Logo

रास्वपाको बैठक : महामन्त्रीको मुखमा कालो टेप


5.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक बिहान ८ बजेदेखि केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको हो । बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका महामन्त्री डा. मुकुल ढकालले मुखमा कालो टेप टाँसेर विरोध गरेका छन् ।

बैठक लाइभ नगरेपछि महामन्त्री ढकालले बोल्ने अधिकार हनन भएको भन्दै मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् । उनी मुखमा मास्क लगाएर बाहिरबाट टेप लगाएर बैठकमा सहभागी भाएका छन् ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गरिने र पार्टीले आफ्नो धारणा बनाउने तयारी छ ।

ढकालले केहीदिन अघिदेखि नै बैठक लाइभ गर्न माग गर्दै आइरहेका थिए । तर आजको बैठकमा लाइभ नगरेपछि उनले सांकेतिक रुपमा विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्