Logo
Logo

रास्वपा महामन्त्री ढकालको प्रस्तावमा के छ ? (पूर्णपाठ)


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदन पेश भएको छ । यसअघि महामन्त्री ढकालले सभापति रवि लामिछानेले प्रतिवेदन पेस गर्न रोक लगाएको बताएका थिए । तर, केही समय अघि नै प्रतिवेदन बैठकमा पेश भएको एक नेताले बताए ।

उनका अनुसार महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा बाचन गरेका छन् । यसअघि लिखित प्रस्ताव तयार पारेपनि सभापति रवि लामिछानेले अनुमति नदिएको र बैठकको लाइभ गर्न नदिएपछि भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर मौन बसेका थिए ।

महामन्त्रीको प्रतिवेदनमाथि खाजा ब्रैकपछि छलफल हुने बताइएको छ । अहिले अहिले खाजा ब्रेक भएको छ । महामन्त्री ढकालले प्रतिवेदनमा दुई महिनाभित्र रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन सुझाव दिएका छन् । उनले अहिलेकै ढंगले अघि बढे आगामी चुनावमा राष्ट्रिय पार्टी बन्न हम्मेहम्मे पर्न सक्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्