काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतका दुई न्यायाधीशका बिचमा राय बाझिएको छ ।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीबीचमा फरक–फरक राय आएपछि यो विवाद अब तीन न्यायाधीशको इजलासमा जाने भएको छ । अब तीन न्यायाधीशको पूर्ण इजलासले योबारेमा फैसला सुनाउनेछ ।