काठमाडौं । सहकारी ठगी प्रकरणमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृहसचिव यकनारायण अर्याल र प्रहरी महनिरीक्षक (आइजीपी) बसन्त कुँवरसँगसँग सोधपुछ गरेको छ ।
शुक्रबार बिहान बसेको बैठकमा समितिले गृहसचिव अर्याल र आइजीपी कुँवरसँग सहकारीको बचत ठगीका विषयमा आएका उजुरीमा केन्द्रित रहेर सोधपुछ गरेको हो । समिति संयोजक एमाले सांसद सूर्य थापाले गृहसचिव अर्याल र आइजीपी कुँवरसँग सहकारीको बचत ठगीका विषयमा आएका उजुरीमा केन्द्रित रहेर छलफल भएको जानकारी दिए ।
थापा नेतृत्वको समितिले देशका समस्याग्रस्त २९ वटा सहकारी सञ्चालकहरूलाई पनि समितिमा छलफलका लागि बोलाएको छ । सहकारीको रकम अपचलन र हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले लगातार सदनमा अवरोध गरेपछि संसदीय छानबिन समिति गठन भएको थियो ।