Logo
Logo

अन्तत: प्रेम आलेले छाडे एकीकृत समाजवादी


19.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यसअघि पोलिटब्यूरो सदस्य रहेका प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ । शुक्रबार सम्पन्न पार्टीको १०औँ महाधिवेशनबाट पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम राखिएको छैन ।

डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य आलेलाई केन्द्रीय सदस्यबाट हटाइएकाले उनको नाम समावेश नगरिएको उपमहासचिव जगनाथ खतिवडाले जानकारी दिए । उनले भने, “प्रेम आले महाधिवेशनमा हुनुहन्थेन । महाधिवेशनमा नआउनेलाई केन्द्रीय कमिटीमा नराख्ने निर्णयमा उहाँ पनि पर्नुभयो ।”

पछिल्लो समय पार्टी कामबाट निष्क्रिय रहेका आलेले महाधिवेशनमा आफू सहभागी नभएको र बहिष्कार गरेको बताए । बहिष्कार गरेको महाधिवेशनले गरेको निर्णयको अर्थ नरहेको र अब पार्टीप्रति रुचि नभएको बताए । उनले आफू जनताप्रति उत्तरदायी र स्वतन्त्र भएर जनताको काम गर्ने बताए ।

एमालेबाट विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्दा आलेले माधवकुमार नेपाललाई साथ दिएका थिए । पार्टी दर्तापछि आले ६ महिनासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्