Logo
Logo

सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले, अल्पमतमा मुख्यमन्त्री सोडारी


567
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छन् । सुदूरपश्चिम सरकारमा रहेका एमालेका तीन मन्त्रीले मुख्यमन्त्री दीर्घराज सोडारीको सचिवालयमा राजीनामा बुझाएका छन् ।

गत जेठ २८ गते एमालेबाट मन्त्री सुरेन्द्रपाल आर्थिक मामिलामन्त्री, हिरा सार्की र वीरबहादुर थापा विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । पालले २६ दिनसम्म मन्त्री भएर काम गर्ने अवसर पाए ।

विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिन असार १५ गते मुख्यमन्त्री सोडारीले दुईवटा मन्त्रालय फुटाएका थिए । तीमध्ये उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर वन तथा सहकारी मन्त्रीको जिम्मेवारी वीरवहादुर थापालाई दिएका थिए ।

यस्तै, हीरा सार्की आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका थिए । थापा र सार्की मन्त्रालयको जिम्मेवारी पाएको एकहप्तामै सरकारबाट बाहिरिएका हुन् ।

केन्द्रमा एमाले र नेपाली कांग्रेसको सत्तासमीकरण बनेसँगै सुदूरपश्चिममा एमालेले प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्