Logo
Logo

ओलीको सुरक्षामा खट्दै आएका इन्स्पेक्टर थापाको मृत्यु


2.7k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी सुरक्षामा खट्दै आएका शसस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित आफ्नै घरमा सुतेका उनी अस्वथ्य भएपछि गएराति परिवारले अस्पतालमा लगेका थिए । उनलाई भक्तपुर अस्पताल पुयाइएलगतै चिकित्सकले मृत घोषणा गरेको थियो ।

४३ वर्षीय इन्स्पेक्टर थापाको हृदयघातको कारण मृत्यु भएको हुन सक्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए । अस्पतालले हृदयघातको कारण मृत्यु भएको भनेपनि पोस्टमार्टम रिपोट नआइ थप भन्न नसकिने उनले बताए । घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्