Logo
Logo

मधेश सरकारबाट चार दलका ६ मन्त्री बर्खास्त


630
Shares

जनकपुरधाम । जनमत नेतृत्वको मधेश सरकारले चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिनुअघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गरेका हुन् ।

मधेश प्रदेश सरकारले माओवादी केन्द्रबाट मन्त्री बनेका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट मन्त्री बनेका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपाने र उर्जा, सिँचाई तथा खानेपानीमन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रम तथा यातायातमन्त्री उर्मिलादेवी सिंह चौधरी र संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी गृह, संचार तथा कानुनमन्त्री बिमला अन्सारीलाई बर्खास्त गरेको हो ।

मुख्यमन्त्री सिंहले उनीहरूलाई बर्खास्तसहित मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका छन् । मुख्यमन्त्री सिंहले एमालेका चार मन्त्री र जनमतका एकमन्त्री यथावत राखेका छन् । २५ जेठमा नेकपा एमालेसहित ६ दलको समर्थनमा जनमतका सिंह मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले मधेश प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।

संघमा कांग्रेस र एमालेको सत्ता समिकरण बन्ने सहमति भएप्छि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएको थियो । यसअनुसार मधेशमा कांग्रेसलाई प्रवेश गराउन र विश्वासको मत दिन मुख्यमन्त्रीले माओवादी केन्द्रसहित चार दललाई सरकारबाट हटाएका हुन् ।

कांग्रेसले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएको छ । शनिबार विश्वासको मत लिएपछि आइतबार कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्