Logo
Logo

अध्यादेश फिर्ता गरेपछि ओली, प्रचण्ड र देउवाबीच छलफल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ चैत ।
व्यापक विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएका छन् । अध्यादेश फिर्तापछि संवैधानिक निकायहरुमा नियुक्तिबारे उनले छलफल थालेका छन् ।

शुक्रबार सुरुमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टै छलफल गरेका छन् । छलफलपछि प्रचण्डसहित तीन जनाले बैठक गरेका थिए । त्यसपछि ओली र प्रचण्डबीच समेत छलफल भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक निकायमा नियुक्तिबारे छलफल बोलाइएको हो । अख्तियारमा देउवाले एक आयुक्तको माग गरेका छन् । त्यसमा ओली सकारात्मक भएका छन् । अन्य आयोगहरुमा पनि देउवाले भागबन्डा खोजेको स्रोत बताउँछ ।
सहमति भएमा केही दिनभित्रै ओलीले संवैधानिक परिषद्को बैठक बोलाउने तयारी गरेका छन् । उपसभामुख रिक्त रहेकाले हाल प्रमुख प्रतिपक्षी दलको नेताबिना बैठक बस्न गणपुरक संख्या पुग्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्