काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले लडाकु शिविर (क्यान्टोनमेन्ट)को फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारका फाइल खोल्दा सरकार परिवर्तन गरिएको भन्ने गृहमन्त्री लामिछानेको भनाइ लक्षित गर्दै उनले क्यान्टेमन्टको घोटालामा संलग्न व्यक्तिको नाम रोष्ट्रमबाट आए आफ्नो समर्थन रहने बताए । ‘क्यान्टोनमेन्टको घोटलामा कसको नाम छ । उसलाई अगाडिको रोस्टममा आएर बताउनुहोस् हामी तपाईँलाई समर्थन गछौँ’ शाहीले भने ।
उनले जीवी राईलाई पक्राउ गरेर ल्याए संसदमा फूलमालाले गृहमन्त्रीलाई स्वागत गर्ने पनि बताए । सांसद शाहीले पूराना दलबाटथ जनता प्रताडित भएर नयाँलाई देशका लागि निर्वाचित गरेको भन्दै पद र प्रतिष्ठाका लागि काम नगर्न पनि रवि लामिछानेलाई आग्रह गरे ।
आफ्नो पद धरापमा पर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै गरी गृहमन्त्रीको अभिव्यक्ति आउन थालेको भन्दै उनले भने, ‘एकजना सम्माननीय नेता नै हुनुहुन्छ यो संसदमा । उहाँ आफू पदमा हुँदा सबै सहि भन्नुहुन्छ । जब पदबाट जान लाग्नुभयो तब गणतन्त्र खतरामा र्पयो धर्म निरपेक्षमता खतरामा र्पयो भन्नुहुन्छ । अहिले गृहमन्त्री ज्यूको भाका त्यही भएको छ । हुन त सरकारमा पनि सँगै हुनुहुन्छ । फाइल खोल्ने थेँ त्यही भएर सरकार ढाले भन्नुहुन्छ । अझै साथ दिन्छ फाइल खोलौँ झ्यामकी झ्यामा यहाँबाट पक्राउ गरेर जेल हाल्नुस् । हामी साथ दिन्छौँ । खोल्नुहोस् न फाइल, कसले रोकेको छ ।’