जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्व सरकारमा पठाउन नेपाली कांग्रेसले ४ जनाको नाम टुंगो लगाएको छ ।
आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगो लगाएको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री सिंहले कांग्रेसलाई तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् । प्रदेश सभामा २२ सिट रहेको कांग्रेसले भने ४ जनाको मान टुंगो लगाएको छ । २५ सिटको एमाले ४ मन्त्रालय लिएर सरकारमा छ ।