Logo
Logo

एमालेले बोलायो सचिवालय बैठक


630
Shares

काठमाडौं । नेकपा एमालेले मंगलबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो १२ बजे सचिवालय बैठक राखिएको प्रमुख सचेतक महेश बर्दौलाले जानकरी दिए ।

प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले नेपाली कांग्रेसको समर्थनमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठनको स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गर्न आह्वान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्