Logo
Logo

विष्णुमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍याे, टेकु दोभानसम्म सतर्क रहन आग्रह


1.4k
Shares

काठमाडौं । काठमाडौंको विष्णुमती नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । गत शुक्रबारदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण विष्णुमती नदीको जलसतहले सतर्कता तह पार गरेको हो ।

जतसतह बढ्दो क्रममा रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । टेकु दोभानसम्मको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई बिहान ११ बजेसम्म सतर्कता अपनाउन भनिएको हो । सो क्षेत्रमा शनिबार पनि डुबान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्