तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । घाइते हुनेहरुमा तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले आज विहान नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा बाघको आक्रमणबाट उनीहरु घाइते भएका जानकारी दिए ।
केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको प्रहरीले जनाएको छ ।