Logo
Logo

पूर्वमन्त्री प्रेम आले निष्काशित


31.9k
Shares

काठमाडौं । विवादास्पद प्रेम आलेलाई नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यबाट निष्काशन गरेको छ । एमालेसँग ‘विद्रोह’ गरेर एकीकृत समाजवादीमा आएका आलेको गतिविधि पछिल्लो समय एमालेतिर ढल्केको थियो ।

काठमाडौँमा जारी समाजवादीको दशौँ महाधिवेशनमा सहभागी नभएर आले महाधिवेशन छल्न भारत घुम्न गएका थिए । विगतमा पनि एमालेभित्र रहँदा ओली समूहमा रहेका आले त्यहाँ मन्त्री नपाएपछि अन्तिम समयमा आएर माधव नेपालको शरणमा परेका थिए । नेपालसँग आएपछि मागेकै मन्त्रालयमा मन्त्री भएका आलेको भूमिका निकै विवादास्पद रहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा आलेले मन्त्रालयभित्र प्रगतिभन्दा बढ्ता फण्डा गर्न थालेका थिए । विभिन्न राजनीतिक नियुक्तिदेखि ठेक्का रद्द प्रकरणमा समेत मन्त्री आलेले विवेकसम्मतभन्दा पनि स्टन्टबाजीमा उत्रिने गरेपछि उनलाई कारवाहीको लागि सिफरिस समेत गरिएको थियो ।

तत्कालीन समयमा एकीकृत समाजवादीको सचिवालय बैठकमा पनि उनको कार्यशैलीमाथि पदाधिकारीहरूले प्रश्न उठाएका थिए ।

केही नेताहरूले अध्यक्ष माधव नेपालको निर्देशनसमेत नमानेको र पार्टीका अन्य नेताहरू सम्पर्कमा समेत आउन नचाहेको भन्दै आलोचना गरेका थिए । अछामका एक युवकलाई अश्लील गालीगलौज गरेको र ज्यान मार्नेसम्मको धम्की दिएपछि मन्त्री आले थप विवादमा तानिएका थिए ।

पर्यटनमन्त्री हुँदा नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिमा विवादमा परेका थिए । युवराज अधिकारीलाई निगमको अध्यक्ष बनाउन क्याप्टेन उद्धव घिमिरेसँग करोडौं रकम लिएको कुरा पार्टीमा रिर्पोटिङ भएको थियो । त्यसैगरी क्यानका महानिर्देशक प्रदीप अधिकारी नियुक्ति गर्दा पनि करोडौं लेनदेन भएको आरोप लागेको थियो । उनले क्यानको महानिर्देशकमा आउन चाहेका राजकुमार क्षेत्रीसँग ५ करोड बार्गेनिङ गरेको कुरा क्यानमा चर्चा छ ।

त्यतिबेलै क्यासिनोसँग पनि उनले पार्टीमा बुझाउनुपर्छ भन्दै करोडौं असुलेको थाहा पाएपछि पार्टी अध्यक्ष नेपालले उनलाई स्पष्टीकरण सोधेका थिए । पार्टी नेतालाई ‘ब्ल्याकमेलिङ’ गर्न उनले हरेकको फोन रेकर्ड गर्ने गरेका छन् ।

आले विवादास्पद व्यक्ति हुन् । उनको विगत र वर्तमानमाथि प्रश्नै प्रश्न छ । अहिले उनलाई एमालेले भौतिकमन्त्री दिने भन्दै आफैँले बोल्दै हिँडेका छन् । उनले प्रयोग गरेको शब्दको स्तर हेर्दा शोभनीय हुने खालको पटक्कै देखिँदैन । निम्नस्तरको अपशब्द प्रयोग गरि आले गालीगलौजमा उत्रने गर्छन । उनको विषयमा पटक–पटक पार्टीभित्र प्रश्न उठेपनि चन्दा दिएकै भरमा जोगिदै आएका थिए । तर यसपटक महाधिवेशनमा भने उनलाई कोही कसैले जोगाउन सकेनन ।

प्रतिक्रिया दिनुहोस्