Logo
Logo

सरकार ७६ (२) अनुसार नै बन्छ : शेखर कोइराला


34k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको धारा ७६ (२) अनुसार नै सरकार बन्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा नेता कोइरालाले ७६ (२) को सरकारका विषयमा बोलेको कुरालाई ७६ (३) को जस्तो गरी प्रस्तुत गरिएको भन्दै गुनासो गरे ।

उनले अघि भने, “म तपाईं‌हरूलाई विश्वास दिलाउन चाहन्छु । अब बन्ने सरकार ७६ (२) कै हुन्छ ।” नेता कोइरालाले दुई ठूला दल एक ठाउँमा उभिएर आलोपालो सरकारको नेतृत्व गरेर अगाडि जाने निर्णय गरिएको बताए ।

नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिन संविधानले दिएको बताए । “विश्वासको मत लिन प्रधानमन्त्रीलाई संविधानले अधिकार दिएको छ । राजीनामा दिनुपर्छ भनेर हामी अगाडि बढेर केही फाइदा छैन”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्