Logo
Logo

केटी जिस्काएको निहुँमा कामतको हत्या, ४ जना पक्राउ


1.4k
Shares

काठमाडौं । प्रहरीले मोरङ कटरी गाउँपालिका–१ जमरटोकीका करण कामतको हत्यामा संलग्न ४ जनालाई पक्राउ गरेको छ । सोमबार करिब १० बजे राति विराटनगर २ स्थित नेपाल टेलिकम अगाडि दुई समूहबीच झडप हुँदा कामतको मृत्यु भएको थियो । साथै अन्य दुई जना गम्भीर घाइते भएका थिए ।

घाइते भएकाहरू कटहरी–१ जमोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन रायको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अर्को समूहका ४ जना विराटनगरका सोनु गिरी, भोजपुरका सञ्जय पुरी र ताप्लेजुङका दावा शेर्पालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो । जसमा एकजना नाबालक छन् ।

मृतक करणको समूहले युवतीलाई जिस्काएको भन्दै दुई समूहबीच भनाभनबाट झगडा सुरू भएको प्रारम्भिक अनुसन्धानमा खलेको प्रह्रीले जनाएको छ । ग्याङ फाइटका क्रममा घाइते तीनैजनालाई प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको थियो । कामतको भने अस्पताल पु¥याउन नपाई बाटोमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानबहादुर बस्नेतले दोहोरो हानाहान हुँदा पीडक पक्षका शेर्पाले साथमा बोकेको कैँची निकालेर अर्को पक्षकालाई जथाभावी प्रहार गरेको पाइएको बताए । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्