काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने तय भएको छ ।
कांग्रेसले सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको पनि प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको बताए ।
कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।