काठमाडौं । तस्करीमा संग्लग्न रहेको आरोप लागेका सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्कामाथि छानबिन शुरू भएको छ । सशस्त्र प्रहरी बल मुख्यालयले सीमा विभागका डीर्आइजी लक्ष्मणबहादुर सिंहको नेतृत्वमा तीन सदस्यीय समिति बनाई छानविन सुरु गरेको हो ।
समितिमा एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी सदस्य छन् । सीमा विभागबाटै समिति बनाएर एसपी खड्कामाथि छानविन सुरु गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।
गत आइतवार गपठत समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइको छ । ‘समितिले फिल्डमा पुगेर काम शुरू गरिसकेको छ उनले भने, ‘तस्करीमा एसपीको संलग्नता छ–छैन भनेर वास्तविकता बुझ्दैछौँ,’ प्रवक्ता न्यौपानेले भने । समितिको प्रतिवेदन अध्ययनपछि अरु प्रक्रिया अघि बढ्ने उनले बताए ।
२०८० फागुनको पहिलो साता खड्काले मोरङको कमान्ड सम्हालेका हुन् । त्यसयता तस्कर समूहसँग मिलेर नेपाल–भारत सीमा क्षेत्रमा अवैध असुली गरेको उनीमाथि आरोप लागको छ ।
विराटनगरका व्यापारी विनोद केशरीले करिब एक महिनाअघि भारतबाट भन्सार छली गरेर ल्याएको चिनी नियन्त्रणमा लिएको भएपनि रकम लिएर त्यत्तिकै छाडिदिएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालय, हलचोकमा उजुरी परेको थियो । सोही उजुरीपछि खड्का सशस्त्र प्रहरीको मुख्यालय (हेडक्वाटर) तानिएका थिए ।