Logo
Logo

मोरङमा कुखुरा फर्म सञ्चालकको हत्या


567
Shares

विराटनगर । मोरङको एक कुखुरा फर्मका सञ्चालकको हत्या भएको छ । बिहीबार बिहान साढे १० बजेतिर सुन्दरहरैँचा नगरपालिका–१ स्थित कुखुरा फर्मभित्र एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज कार्कीले बताए ।

उनका अनुसार सुन्दरहरैँचा–९ बस्ने ४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको हो । उनी फर्मका सञ्चालक हुन् । उनी बिहान ८ बजेतिर घरबाट फर्ममा हिँडेको बताइएको छ ।

मृतकको टाउको क्षतविक्षत अवस्थामा रहेको र घटनास्थलबाट बञ्चरो र दाउ फेला परेको एसपी कार्कीले बताए । उक्त एक दम्पती बस्ने गरेका थिए । ती दम्पती अहिले फरार रहेको र उनीहरूको खोजी भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्