काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा ३० जना हेबी सवारी चालक माग गरेको छ । महानगरले एक सूचना जारी गर्दै इच्छुक उम्मेदवारले साउन १६ भित्र आवेदन दिन भनेको हो ।
तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सक्नेछन् । तर उमेरहद बढी भएकाको हकमा भने यो लागु नहुने महानगरले जनाएको छ ।