Logo
Logo
नारायणघाट-मुग्लिन खण्डमा पहिरो

पहिरोले बगाएको दुईवटा बसको खोजी जारी, अझै यात्रुको अवस्था अज्ञात


504
Shares

काठमाडौं । चितवनको नारायणघाट–मुग्लिन सडकखण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर बेपत्ता भएका यात्रुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

शुक्रबार बिहान ३ः३० बजेतिर माथिबाट खसेको पहिरोले दुई वटा बस बगाएको भन्ने खबर प्राप्त हुनासाथ १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षक राजेश खरेको कमाण्डमा गोताखोरसहित २७ जनाको टोली खाजीकार्यमा खटिएको हो । त्यस्तै विपद व्यवस्थापन कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक धनकुमार अधिकारीको कमाण्डमा १५ जनाको टोली खटिएको छ ।

नदी तथा आसपासका क्षेत्रमा खाजी कार्य भइरहे पनि अहिलेसम्म बस तथा यात्रुको अवस्था अज्ञात छ। बसबाट हाम फालेका यात्रुका अनुसार पहिरोले बगाउँदा दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । चितवन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं आइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर गइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्