काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।
शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले संसदमा उपस्थित भएर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको हो ।
प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको बताए । आजको बैठकमा आफ्ना मन्त्रीहरूले अहिलेसम्म गरेको काम कारबाहीका विषयमा पनि छलफल भएको उनले बताए ।
आज प्रधानमन्त्री प्रचण्डले बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा १०० को (२) अनुसार पाँचौपटक विश्वासको मत लिँदैछन् ।
गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने निर्णय भएपछि प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्।