काठमाडौं । सरकारले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।
आज (शुक्रबार) बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको लेदोसहितको पहिरोले बगाएर दुईवटा बस त्रिशूलीमा वेपत्ता भएपछि गृह मन्त्रालयले बर्खाको समयमा रात्री बस सञ्चालन गर्न रोक लगाउने तयारी गरेको हो ।
त्यसका लागि यातायात व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गर्न लागिएको मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव डा.भीष्मकुमार भूसालले बताए ।
बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृह मन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो ।