Logo
Logo

वीरगञ्जमा थप दुई जनामा कोरोना पोजिटिभ


- दृष्टि न्युज/संवाददाता

0
Shares

वीरगञ्ज, १४ बैशाख । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस पुष्टि भएको छ । वीरगञ्न्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि हो । तीमध्ये वीरगञ्न्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायणी अस्पताल वीरगन्जमा ल्याएको छ । उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका हुन् । अर्काे वीरगन्ज–२ का ४२ वर्षीय पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगञ्जका १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका छन् । तीमध्ये १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सोमध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ । जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको जनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्