काठमाडौं । संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेललाई कानुनविद्हरूले सुझाव दिएका छन् ।
संविधानतः र राजनीतिक रूपमा पनि उपधारा २ अनुसारको प्रक्रिया अघि बढाउन राष्ट्रपति पौडेललाई कानुनविद्हरूले सुझाव दिए । “एकातिर संवैधानिक व्यवस्था र नजीरहरूले समेत सुरुवाती प्रक्रियाबाट नै सरकार गठन गर्नुपर्छ भन्ने मान्यता स्थापित गरेको छ”, कानुनविद्हरूको सुझावलाई उदृृत नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, “कुनै दलले बहुमत जुटाउँछु भनी दाबीसहित प्रयास गर्दागर्दैै अर्को प्रक्रियामा जानु हुँदैन भन्ने हामी सुझावको सार थियो ।”
राष्ट्रपतिले बोलाएका कानुनविदमध्ये वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ७६ (३) अनुसार प्रक्रिया अघि बढाउन उचित हुने सुझाव दिए ।