काठमाडौं, १४ बैशाख ।
समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादबलाई अपहरणको घटनामा नेकपाका दुई सांसद र पूर्व आईजिपीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी परेको छ ।
सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व आईजिपी सर्वेन्द्र खनाल लगायतविरुद्ध जाहेरी परेको छ ।
जाहेरी लिएर नेताहरु पीडत सांसद तथा बाबुराम भट्टराई, उपेन्द्र यादब लगायत काठमाडौं प्रहरीमा गएका छन् । जाहेरी दर्ताबारे प्रहरीमा छलफल भइरहेको स्रोत बताउँछ ।
काठमाडौं प्रहरीले घटनास्थल महोत्तरी भएकाले उता उजुरी गर्न भनेको छ ।
पार्टी फुटाउन उनीहरुले सांसदलाई अपहरण गरेका थिए ।