काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ । नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल गर्न सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरू भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारमा पठाउने मन्त्रीहरूबारे पनि निर्णय लिने पार्टीको तयारी छ । ओली नेतृत्वको सरकारमा कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने निश्चितजस्तै छ ।
अहिलेसम्म सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासियाको मन्त्री बन्ने निश्चित भएको छ । एमालेसँगको सहमति अनुसार कांग्रेसले बढीमा १० मन्त्रालय पाउनेछ । अहिलेसम्म मन्त्री बन्ने निश्चित भएका परियार शेखर समूहका हुन् । अरु चार जना देउवानिकटका हुन् ।