Logo
Logo

मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड


7.7k
Shares

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । ओली नेतृत्वको सरकारमा सहभागी हुन् पार्टीबाट सरकारमा जाने मन्त्रीहरुले एकै पटक शपथ लिने प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर पार्टीबाट सरकारमा मन्त्री पठाइने प्रवक्ता महतले बताए । “समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमता भएका व्यक्तिहरुलाई सरकारमा पठाउँछौं”, प्रवक्ता महतले भने, “देशलाई गति दिने र सरकारको स्थिरता सुनिश्चित गर्नेगरी अन्य दललाई पनि जोडेर अघि बढ्छौं ।”

प्रधानमन्त्रीले शपथ लिएपछि कसले कुन मन्त्रालय पाउने र को-को मन्त्री बन्ने टुंगो लाग्ने भन्दै अहिले आन्तरिक गृहकार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्