एजेन्सी । शुक्रबार गाजा सहरमा भएको हिंसात्मक घटनामा ७० भन्दाबढी प्यालेस्टिनी मारिएका थिए, हमासका एक अधिकारीले इजरायली अधिकारीलाई “योजनाबद्ध नरसंहार” गरेको आरोप लगाएको अल जजिराले रिपोर्ट गरेको छ ।
हमास सरकारी मिडिया अफिसका महानिर्देशक इस्माइल अल-थावाब्ताले इजरायली सेनाले पूर्वीगाजा शहरमा हजारौँ प्यालेस्टिनीलाई पश्चिमी र दक्षिणी छिमेकमा सर्न निर्देशन दिएको र उनीहरू आइपुगेपछि गोली चलाएको दावी गरे ।
अल-थावाब्ताकाले उद्धार टोलीले ताल अल-हवा क्षेत्रबाट ७० शव उद्धार गरेको र कम्तिमा ५० जना बेपत्ता भएको खुलासा गरे ।
केही विस्थापित मानिसले सेतो झण्डा बोकेका इजरायली सेनालाई औँल्याउदै लडाकु नभई विस्थापित भएको जिकिर गर्दा गर्दै पनि इजरायली कब्जा सेनाले यी विस्थापित मानिसलाई मृत्युदण्ड दिएको अल-थावाब्ताले उल्लेख गरे ।
उनका अनुसार इजरायली सेनाले ताल अल-हावामा त्यो नरसम्हार गर्ने योजना बनाइरहेको थियो । उनले प्यालेस्टिनी विरुद्धको “उन्मूलनको युद्ध” अन्त्य गर्न इजरायललाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले गाजा सहरमा भएको घटनाकोे निन्दा गर्दै यसलाई चलिरहेको द्वन्द्वमा नागरिकको मृत्युको अर्को दुःखद् उदाहरण बनेका छन् ।
यो घटनाले विनाशकारी घटनाको श्रृङ्खलामा थप जोड दिने उल्लेख गर्दै यसले गाजामा विस्थापन निम्त्याएको जिकिर गरे । रिपोर्टका अनुसार यस घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७० भन्दा बढी पुगेको छ भने अन्य धेरै घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घले तत्काल मानवीय युद्धबिराम र द्वन्द्वको समयमा लिइएका सबै बन्धकको बिना शर्त रिहाइको आह्वानलाई दोहोर्याएको छ ।
द्वन्द्व चलिरहेको बेला, मानिसलाई चाहिने चिकित्सा सहायता, खाना, आश्रय अत्यावश्यक रहेको तर उनीहरूलाई चाहिने अनिवार्य सामग्री पनि असम्भव भएको डुजारिकले जनाए ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले गाजामा द्वन्द्व समाप्त भएपछि जवाफदेहिताको आवश्यकता हुने बताए । तर अहिले मानिस भोकै रहेकोमा खाना पानी चिकित्सा सहायतालगायतका सामग्री लडाइँ क्षेत्रमा पर्याउने प्रयास गरिरहेको उल्लेख गरे ।
उनका अनुसार अक्टोबरमा गाजामाथि इजरायलको युद्ध सुरु भएदेखि वेस्ट बैंकमा पनि हिंसामा वृद्धि भएको छ । प्यालेस्टिनी अधिकारीका अनुसार वेस्ट बैंकमा इजरायली सेना र स्थानीयद्वारा कम्तीमा पाँच सय ५३ प्यालेस्टिनी मारिएका छन् भने नौ हजार पाँच सय १० जनालाई हिरासतमा लगिएको छ ।
इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा करिब ३० लाख प्यालेस्टिनी बस्छन्, जहाँ पाँच लाख भन्दा बढी इजरायली एक सयभन्दा बढी बस्तीहरूमा बस्छन् ।