Logo
Logo

नारायणी नदीको टापुमा अर्को पनि शव भेटियो


567
Shares

चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको छ । आइतबार बिहान नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०÷३५ वर्षको पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको हो ।

शुक्रबार बिहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुईवटा बस त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरुमध्ये कुनै एकजना यात्रुको शव भएको सक्ने आशंका गरिएको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार गोलाघाटमा १ र गैंडाकोटको थुम्सीनजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीनवटै शव बेपत्ता बसेका सवार यात्रुको भएको पुष्टि भएको छ । उनीहरुमध्ये २ जना गणपति डिलक्सका र एकजना एन्जल डिलक्सका यात्रु भएको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्