Logo
Logo
सिमलताल पहिरो

पाँचजनाको शव भेटियो, बस र ६० यात्रु अझै बेपत्ता


378
Shares

चितवन । गत शुक्रबार बिहान नारायणघाट–मुग्लिन सडकखण्ड अन्गर्तत सिमलतालबाट लेदोसहित पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।

प्रहरीले बसको टिकट काउन्टर र आफन्तहरूसँग सोधपुछका आधारमा दुई वटा बसमा ६५ यात्रु सवार रहेको पुष्टि गरेको छ । यसको आधारमा अझै ६० जना यात्रु र बसको अत्तोपत्ता लागेको छैन । आइतबार बिहानदेखि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्