काठमाडौं । रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाटी रेटेर हत्या गरेका छन् । जिल्लाको भूमे गाउँपालिका–६ तमारी चिसापानीका २७ वर्षीय दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाटी रेटेर हत्या गरेका हुन् ।
ओलीले शुक्रबार राति ११ बजेतिर श्रीमतीको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । उनका अनुसार अप्सराको सव घरबाट सय मिटर पर खोल्सामा फालिएको अवस्थामा भेटिएको हो ।
हत्यामा संलग्न भनिएका मृतकका श्रीमान् जीवन ओली ५ वर्षीय छोरा आयुस ओलीलाई साथमा लिएर फरार छन् । उनको खोजी कार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।