काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा ९ जना मृता वस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयले देशका विभिन्न स्थानमा ९ जना मासिसको शव भेटिएको जानकारी गराएको हो ।
झापाको भद्रपुर नगरपालिका–३ ज्ञाने चोकस्थित चौतारामा सोही ठाउँ बस्ने ५० वर्षीय राजु भन्ने गणेश बहादुर खड्का शनिवार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका–७ बस्ने ६५ वर्षीय मोती भुल सोही ठाउँस्थित चोरी नदीमा शनिवार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा सर्लाही बरहथवा नगरपालिका–३ बस्ने १९ वर्षीय रमित कसुर माझी र चितवन माडी नगरपालिका–१ बस्ने २२ वर्षीय विकास परियार शनिवार मृत अवस्थामा फेला परेका हुन् ।
चितवन भरतपुर महानगरपालिका–२९ नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा बिहीबार बिहान पहिरोले २ वटा बस बगाएकोमा रमित कसुर काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको बसमा र विकास वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको एन्जल लेखेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको बसमा सवार रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बैशाखा सिविरस्थित स्याली नदीमा सोही नगरपालिका–१ तल्लो चौराह स्थित मामा घरमा बस्ने डडेल्धुरा परशुराम नगरपालिका–६ तातापानी घर भएकी महादेब नाथकी छोरी १४ वर्षीया पुष्पा नाथ शनिवार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० सुन्दरनगरस्थित केराबारीमा एक पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् । कास्कीको रूपा गाउँपालिका–२ स्थित मार्से खोलामा पनि सोही गाउँपालिका–१ देउपुर बेसीस्थित बहुउदेशीय कृषि तथा पशुपन्छी फर्ममा काम गरी बस्ने पोखरा महानगरपालिका–३ घर भएका ३२ वर्षीय सर्गम श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका छन् ।
रौतहटको माधवनरायण नगरपालिका–४ मानपुर टोलमा अन्दाजी ३० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलस्थित सडक छेउको कुलोमा अन्दाजी ३० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सितलबजारस्थित त्रिशुली नदीमा अन्दाजी ५० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।