काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि नै सबै मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन् ।
यो सँगै ओलीले मन्त्रीहरुको नाम लगभग तुङ्ग्याएका छन् । स्रोतका अनुसार ओलीले विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र छविलाल विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका छन् ।
त्यस्तै, जुली महतो, विद्या भट्टराई र कृष्णगोपाल श्रेष्ठलाई मन्त्री बनाउने ओलीको तयारी छ । स्रोतका अनुसार दामोदर भण्डारी अथवा तारा लामा मन्त्री बन्ने सूचीमा छन् ।
एमालेको भागमा अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ ।