काठमाडौं । नेपालको समृद्धिका लागि भइरहेको पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको यात्रा शनिबार काठमाडौंका दुई स्थानमा सम्पन्न गरेको छ ।
युएसएडले शनिबार बिहान ९ बजे जावलाखेल र दिउँसो ३ बजे भृकुटीमण्डपमा राजनराज शिवाकोटी, रिमा विश्वकर्माको साथमा विभिन्न खेल तथा मनोरञ्जनका साथै जानकारीमूलक कार्यक्रम गरेको थियो । यस्तै, यसैअन्तर्गत युएसएडले आज कीर्तिपुर नगरपालिकाको पाँगामा विभिन्न खेल तथा मनोरञ्जनका कार्यक्रम गर्दैछ ।
युएसएडले पहिलोपटक लुम्बिनी प्रदेशबाट यात्रा सुरु गरेको थियो । युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन कपिलवस्तुको वाणगंगा हुँदै बुटवल, दाङको लमही, कोहलपुर, नेपालगन्जमा सम्पन्न गरेको थियो । युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिकवृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीयस्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ ।
संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झन्डै ८ दशकदेखि रहँदै आएको छ । युएसएडले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ ।
युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पु¥यायो भने ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिएका थिए ।
सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिकवृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रहरूमा साढे एक अर्ब अमेरिकी डलर ९१ खर्ब ९६ अर्ब नेपाली रुपैयाँभन्दा बढीको सहयोग प्रदान गरेको छ ।
नेपालको पहिलो राजमार्ग (सन् १९५५०) काठमाडौंमा पहिलो नर्स ट्रेनिङ स्कुल (सन् १९५६०) मा युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । युएसएडको सहयोगमा सन् १९५९ मा देशको पहिलो आधुनिक टेलिफोन एक्सचेञ्ज र रेडियो नेटवर्क स्थापना भएको थियो । दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मुलनमा सहयोग गरेको युएसएडले शान्ति र लोकतन्त्रलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
त्यस्तै, कोभिड–१९ संकटको समयमा नेपाललाई खोप, आवश्यक वस्तु र प्राविधिक सहायता प्रदान गरेको थियो भने युएसएडले कुनै समय मानिस बस्न नसक्ने देशको भूभागलाई कृषि फस्टाउन योग्य बन्न, साक्षरता दर र औषत आयु दोब्बर बनाउन, बालमृत्युदर उल्लेखनीय रूपमा घटाउन महत्वपूर्ण योगदान पु¥याएको छ ।