काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मन्त्रालयभित्रै नपसी फर्कनु परेको छ । मन्त्री अधिकारी कर्मचारी आन्दोलनका कारण रोकिएका हुन् ।
उनले केहीबेर कर्मचारीसँग कुरा गरेका थिए । त्यसपछि मन्त्री अधिकारी प्रधानमन्त्री कार्यालयतर्फ लागे । कृषि प्राविधिक अधिकृतहरूले एक दशकभन्दा बढी सरकारी सेवामा काम गरे पनि आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै १६ दिनदेखि मन्त्रालयको प्रदेश द्वारमै धर्नामा बसेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका विभिन्न कार्यालयमा १० देखि २० वर्षसम्म कृषि प्राविधिक अधिकृतका रूपमा काम गरे पनि वृत्ति विकास हुन नसकेको भन्दै उनीहरू धर्नामा बस्दै आएका हुन् ।
२०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएको आन्दोलित कर्मचारीको भनाइ छ ।