काठमाडौं । सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार फ्लडलाइट जडान र प्याराफिट निर्माण कार्य तीन सय दिन भित्र सम्पन्न गर्ने निर्णय गरेकोछ ।
सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले परिवर्तित समयलाई मध्यनजर गर्दै मन्त्रीपरिषद तथा मन्त्रीपरिषदका बिभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रिया नलगिएका सम्पूर्ण प्रस्तावहरु सम्बन्धीत मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।
त्यस्तै बैठकले जाजरकोट भूकम्प प्रभावितहरुलाई दोश्रो र तेश्रो किस्ता उपलव्ध निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवादी दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।