Logo
Logo

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, १ जना बेपत्ता


567
Shares

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ ।

सोमबार राति आएको बाढीले घर बगाउँदा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको हो । त्यस्तै ७ जना घाइते भएका छन् भन् १ जना वेपत्ता रहेका छन् ।

आठविसकोट नगरपालिका प्रमुख रबी केसीले बाढीदले बगाउँदा तीन बालिकाको मृत्यु भएको, एक जना बेपत्ता र सात जना घाइते भएको जानकारी दिए । बेपत्ता हुनेमा डिल्ली बहादुर बुढाथोकी रहेका छन् ।

घाइते सात जनाको आठविसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ । आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्