Logo
Logo

सुदूरपश्चिममा बजेट होलिडे


630
Shares

काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक गतिविधि ठप्प भएको छ ।

सरकारले प्रदेशसभा बैठकमा १ असारमा प्रस्तुत गरेको आर्थिक वर्ष ०८१–८२ को बजेट पास हुन नसक्दा मंगलबारबाट राजस्व उठाउन र खर्च गर्न नपाउने भएको हो ।

तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए । तर उक्त बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन ।

असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ । तर, यो समयसम्म बजेट पारित नभएपछि शून्यताको अवस्था सृजना भएको हो ।

असार मसान्तभित्र बजेट पारित हुन नसक्ने अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउन सक्ने विकल्प छ । तर, प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभाको अधिवेशन अन्त्य नगरिदिँदा सरकारले अध्यादेश ल्याउन सकेन ।

बजेट शून्यताले प्रदेशमा ठूलो समस्या ल्याएको कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादुर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्