काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ ।
आज (बुधबार) सूचना जारी गर्दै प्रधानमन्त्री कार्यालय मातहतको खरिद कार्यालयले काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको जानकारी दिएको हो ।
कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।
जसमा बीएस भैरवशक्ति निर्माण सेवा डोटी, मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिंग काठमाडौँ लगायत रहेका छन् । कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न अनुरोध गरेको छ।