Logo
Logo

  सिटिजन्स बैंकले ल्यायो ८.९९ प्रतिशत घर कर्जा योजना


315
Shares

काठमाडौं । सिटिजन्स बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ योजना ल्याएको छ ।

बैंकले ७ वर्षको लागि स्थिर रहने गरी ८ दशमलव ९९ प्रतिशत प्रतिवर्ष घरकर्जा योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत कायम रहेको ब्याजदर ७ वर्षसम्म स्थिर रहने बताइएको छ ।

७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले बताए । यस योजनामा सहभागी हुन पायक पर्ने कुनै पनि शाखाबाट सुविधा उपभोग गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्