Logo
Logo

प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य


315
Shares

काठमाडौं । प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । यो सँगै ट्याक्सी व्यवसायीहरुले कम्पनीको खाताबाट सहज रुपमा रकम झिक्न तथा आफ्नो खाताको पूर्ण जानकारी मोवाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् ।

विभिन्न बैंक तथा वित्तीय संस्था तथा अन्य गेट-वेमार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शुल्क भुक्तानी गर्न सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउने उद्धेष्यले कम्पनी र एवन ग्रेटरबीच बुधबार एक सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा कम्पनीका गण्डकी प्रदेश प्रमुख तथा व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटरको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका छन् ।  अब विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको बैंकको क्यूआरमार्फत विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्