Logo
Logo

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ बैशाख । पछिल्लो केही दिनयता सत्तारुढ दल नेकपाभित्रको विवाद उत्सर्ग पुगेको छ । यसैबेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवाद सुरु भएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ ।
स्रोतका अनुसार उनीहरु दिउँसोदेखि वार्तामा छन् । नेकपाभित्र प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेको छ । प्रधानमन्त्री ओलीले यसलाई आलटाल गर्दै आएका बेला दुई अध्यक्षबीच भएको वार्तालाई चासोका साथ हेरिएको लिइएको छ ।
अध्यक्ष प्रचण्ड र नेता नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै यसअघि नै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका थिए । तर, पार्टीभित्रको पछिल्लो शक्तिसन्तुलन र शक्ति बाँडफाँडलाई लिएर देखिएका विवादले ओली समूह स्थायी कमिटीको बैठक बोलाउन अझै तयार नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्