Logo
Logo

साउन १५ गतेसम्म बस्ने संसद बैठकको क्यालेन्डर तय


2.7k
Shares

काठमाडौं । साउन १५ गतेसम्म बस्ने संसद बैठकको क्यालेन्डर तय भएको छ । बुधबार बसेको सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरुको बैठकले १५ गतेसम्म कुन दिन संसद् बैठक र कुन दिन संसदीय समितिका बैठकहरू बस्ने र कार्यसूची के रहने भन्ने क्यालेन्डर तय गरेको हो ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले साउन १५ गतेसम्म ६ वटा संसद् बैठक बस्ने क्यालेन्डर तय भएको बताए । त्यस्तै आगामी साउन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारे पनि छलफल भएको उनले बताए ।

उनका अनुसार, साउन ६, ७ र ८ गते नियमित संसद् बैठक बस्नेछ । त्यसपछि साउन ९, १० र ११ गते संसदीय समितिका बैठकहरू राख्नेगरी क्यालेन्डर तय भएको छ ।

साउन १२ गते शनिबार पर्छ । त्यसकारण उक्त दिन संसद बस्दैछ । १३, १४ र १५ गते पुनः लगातार संसद् बैठक बस्नेछ ।
बैठकका कार्यसूचीबारे भोलि (शुक्रबार) दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर निर्णय लिइने बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्