काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
बिहीबार काठमाडौँमा बसेको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो । राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जमकट्टेलले मागेको विश्वासको मतका विपक्षमा मतदान गर्ने जानकारी दिए ।
मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । राप्रपाका बाग्मती प्रदेशसभामा १२ प्रदेशसभा सदस्य छन् ।