Logo
Logo

ग्लोबल आइएमई बैंकका ग्राहक ५० लाख नाघे


756
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकको संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा एक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।

साथै, हालैमात्र बैंककोे निक्षेप पाँच खर्ब रूपैयाँभन्दा बढी पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरूमध्ये पहिलो नम्बरमा रहेको छ ।

ग्राहकमैत्री सेवाहरू, साना तथा मझौला व्यवसायमा जोड, प्रविधिमैत्री सेवाहरूका साथै उत्तरदायी बैंकिङको अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

बैंकका एक हजार एक सयभन्दा बढी सेवा केन्द्रहरू छन् । जसमा ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्