काठमाडौं । सशस्त्र प्रहरीले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको उद्धार गरेको छ ।
तार जालीको पर्खाल लगाउने क्रममा आज माटोको ढिस्कोले पुरिएका माप्य दुधकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ४२ बर्षिय तेज बहादुर तामाङ्गको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट खटिएको सुरक्षा फौजले उद्धार गरेको हो ।
टाउको र कम्मरको भागमा चोट लागेका उनको उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाएको सशस्त्र प्रहरी उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।